×

NIC ASIA

‘परस्त्री’को राजधानीमा प्रिमियर, अतिथि फिल्मकर्मीले गरे तारिफ [तस्वीरहरू]

काठमाडाैं | असार १४, २०८०

Prabhu Bank
NTC
Premier Steels

आज (बिहीबार)बाट प्रदर्शनमा आएको शिल्पा मास्के अभिनीत फिल्म ‘परस्त्री’को बुधबार साँझ राजधानीमा भव्य प्रिमियर शोको आयोजना गरिएको छ । 

Muktinath Bank

निर्माण टिम, फिल्मकर्मीदेखि रंग पत्रकारसम्मले बिग मुभिजमा आयोजित प्रिमियरमा पुगेर डार्क थ्रिलर जनरामा बनेको २ घण्टा अवधिको फिल्म हेरेका थिए । फिल्म हेरेर निस्कँदै गर्दा अधिकांशले कलाकारको अभिनय, डेब्यु निर्देशक सुरज पाण्डे र दीपेन्द्र के. खनालको लेखनको प्रशंसा गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्टराई, अभिनेता खगेन्द्र लामिछाने, मुकुन भुषाल, कबिर खड्कादेखि अभिनेत्री स्वस्तिमा खड्का, अञ्जना बराईली लगायतले फिल्म हेरे । 


Advertisment
Nabil box
Kumari

दर्शकलाई फिल्म ‘परस्त्री’ दीपेन्द्र र सुरजको गठबन्धनको बलियो उपहार भएको बुझाई उपस्थित फिल्मकर्मी र पत्रकारको थियो ।

Vianet communication

प्रिमियरमा विशेष गरि निर्देशक सुरज पाण्डेको कामको सबैले मुक्तकण्ठले प्रशंसा गरे । आमाको चाहना पुरा गर्न फिल्म ‘लभ लभ लभ’मा नायकको रुपमा काम गरे पनि सुरजको सपना भने निर्देशक बन्ने थियो । उनले, सिनेमा ‘परस्त्री’बाट निर्देशनमा बलियो संभावना देखाएको फिल्मकर्मीले बताए । 

फिल्मको कथावस्तु र प्रस्तुतिले २ घन्टा दर्शकलाई आँखा झिमिक्क पार्न पनि पनि नदिने निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले बताए । 
श्रीमान्–श्रीमतीको जीवनमा आउने उतारचढाव र गलत केटासँग बिहे गर्दा युवतीले भोग्ने पीडाको कथामा फिल्म निर्माण भएको छ । 

प्रिमियरमा पुगेकी अभिनेत्री स्वस्तिमा खड्काले निर्देशक सुरज र कलाकारहरूको कामको खुलेरै तारिफ गरिन् । उनले भनिन्, ‘सुरजले लभ लभ लभमा आफूलाई एउटा राम्रो कलाकारको रुपमा चिनाएको थियो’ आफैले स्क्रिन सेयर गरेको कलाकारले यस्तो राम्रो फिल्म निर्देशन गरेकोमा आफूलाई गर्व लागेको स्वस्तिमाले बताइन् । आफूले परस्त्री हेरेपछि निर्देशनमा सुरजको भविष्य उज्जवल देखेको भन्दै उनले प्रशंसा गरिन् । 

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको फिल्मलाई निरज कँडेलले छायांकन गरेका हुन् । सुरज पाण्डेको डेब्यु निर्देशन रहेको फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । 

शर्मिला पाण्डे र दीपेन्द्र के. खनालले यो फिल्मको निर्माणमा सहकार्य गरेका हुन् । खनाल फिल्मका लेखकसमेत हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x