२७ जेठ २०८३, बुधबार

केन्द्रीय कारागारबाट भद्र बन्दीगृह सारिएका दुई जनालाई भीमफेदी पुर्‍याइयो

असार १४, २०८०
काठमाडौं
केन्द्रीय कारागारबाट भद्र बन्दीगृह सारिएका दुई जनालाई भीमफेदी पुर्‍याइयो

केन्द्रीय कारागार जगन्नाथदेवल मातहत ‘सेन्ट्रल जेल’बाट भद्र बन्दीगृह सारिएका ३ जनामध्ये २ जनालाई भीमफेदी कारागार सरुवा गरिएको छ ।

सेन्टर जेल व्यवस्थापनले पछिल्लो समयमा जेलभित्रका गतिविधिको सूचना चुहिएको र उनीहरूको गतिविधि शंकास्पद् देखिएको भन्दै असार ५ गते ३ जनालाई भद्र बन्दीगृह सारेको थियो ।

मानव बेचबिखनको अभियोगमा जेल परेका मूल सहायक नहकुल तामाङ, लागूऔषधमा जेल परेका बिजुली नाइके शेरबहादुर बस्नेत र अपहरण मुद्दामा जेल परेका लाइब्रेरी सहायक विष्णु पाण्डेलाई भद्र बन्दीगृह सारिएकोमा अहिले तामाङ र बस्नेतलाई भीमफेदी सरुवा गरिएको स्रोतले लोकान्तरलाई बतायो ।

पछिल्लो समयमा केन्द्रीय कारागारमा विभिन्न स्वार्थ समूहको सक्रियता देखिएको छ । जेलभित्र रहेका समीरमान बस्नेत र जेलबाहिर रहेका गुण्डा नाइके रमेश बाहुनबीच द्वन्द्व देखिएको स्रोतको दाबी छ । 

असार मसान्तमा जेलमा भएका नाइके, चौकीदार, मुल नाइके, दाइ नाइके, भाइ नाइकेलगायतका व्यक्तिहरू परिवर्तन हुने समय भएकाले विभिन्न समूहहरू सक्रिय हुने गरेका छन् ।

अहिले केन्द्रीय कारागारमा चौकीदारका रूपमा प्रभाकर नरसिंह राणा छन् । 

उनलाई हटाएर आफूनानिकट नहकुल तामाङलाई चौकीदार बनाउन एउटा समूह सक्रिय थियो, तर त्यसलाई तोड्न सक्रिय समूहले अहिले प्रोपागाण्डा गरिरहेको जेल प्रशासनको आरोप छ ।

राणा गत फागुनमा चौकीदार नियुक्त भएका थिए । उनको कार्यावधि १ वर्ष अर्थात आगामी फागुनसम्म रहन्छ । केन्द्रीय कारागारमा अहिले ३७ सयको हाराहारीमा कैदीबन्दी छन् ।

उनीहरूलाई आवश्यक पर्ने लत्ताकपडालगायतका दैनिक उपभोग्य सामग्रीहरूको ठूलो व्यापार हुने गरेको छ । त्यो व्यापार आफ्नो पक्षमा पार्नका लागि विभिन्न समूह सक्रिय हुने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्