०८ साउन २०८३, शुक्रबार

प्राइम–टाइल्सको बिक्री शुरू : दैनिक डेढ लाख वर्ग फिट उत्पादन, ३ सय जनालाई रोजगारी

असार १४, २०८०
काठमाडौं
प्राइम–टाइल्सको बिक्री शुरू : दैनिक डेढ लाख वर्ग फिट उत्पादन, ३ सय जनालाई रोजगारी

प्राइम सेरामिक्स् प्रालिले प्राइम–टाइल्स विथ स्टाइलको बिक्री–वितरणमा शुरु गरेको छ ।

भुइँ र भित्ताको लागि सबै प्रकारको टायल उत्पादन गर्ने नेपालको पहिलो र सबैभन्दा ठूलो कम्पनी प्राइमले बिहीवारबाट आफ्नो उत्पादन बिक्री–वितरणमा शुरु गरेको हो ।

नवीन तथा आकर्षक डिजाइनयुक्त टायलको उत्पादनद्वारा टायल बजारलाई नै पुनः परिभाषित गर्ने सोचसहित प्राइम सेरामिक्सले रौतहटस्थित बृन्दावन नगरपालीका ६ मा १० बिघा क्षेत्रफलमा अत्याधुनिक इटालीयन प्रविधिद्वारा पूर्णरुपमा स्वचालित उद्योगको स्थापना गरेको छ ।

विश्वमा सेरामिक प्रविधिमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनी (एसएसीएमआई) को सम्पूर्ण मेसिन प्रयोग गरेको उद्योगको उत्पादन गुणस्तरको हिसाबले कुनै पनि तवरले कम नरहेको र अन्य अन्तर्राष्ट्रिय ब्राण्डसँग समेत प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको दाबी गरेको छ ।

हाल वार्षिक १५ अर्ब रुपैयाँ बराबरको टायल नेपालमा आयात हुने गरेको र चर्को ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल आम नेपाली उपभोक्ताको लागि अत्याधिक महंगो र पहुँचभन्दा बाहिर रहेको परिप्रेक्षमा उद्योगले देशको कुल खपतको लगभग एक चौथाइ माग पूरा गर्नेछ ।

साथै उद्योगले आयात प्रतिस्थापन गर्ने, विदेशी मुद्रा बाहिरीनबाट रोक्ने, रोजगारीको श्रृजना गर्ने तथा स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातित टायलभन्दा १५/२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउने छ ।

स्वदेशमा उत्पादन हुने भएकोले उपभोक्ताले चाहेको बेला टायलको माग गर्न सक्ने, आर्किटेक्ट एवं डिजाइनरहरुले आफ्नो चाहनाअनुसारको डिजाइन समेत विकास गर्न सक्ने तथा मूल्य पनि सस्तो हुने भएकाले आम नेपालीको सुन्दर घरको सपनालाई कुनै न कुनै तरिकाले यस उद्योगले पूरा गर्ने विश्वास लिएको छ ।

कम्पनीले एकै छानामुनी घरायसी, व्यापारिक, पूर्वाधार परियोजना तथा सार्वजनिक स्थल आदिमा प्रयोगको लागि हाल अधिकतम २*४ फिटसम्मको आकारमा २५० डिजाइनभन्दा बढीको भित्ता र भुईँमा लाग्ने टाइल्स उत्पादन गर्नेछ ।

विगत दुई दशकदेखि नेपालमा टायल व्यापारको अनुभव बोकेको सिएमएस ग्रुप र फर्चुन भेन्चर्स्‌द्वारा प्रवर्द्धित प्राइम सेरामिक्स्‌को कुल लगानी दुई अर्ब रूपैयाँ रहेको छ । दैनिक डेढ लाख वर्ग फिट उत्पादन क्षमता रहेको यस उद्योगले ३०० जनालाई रोजगारी दिएको छ।

salt training

कमेन्ट गर्नुहोस्