०६ असार २०८३, शनिबार

महिला दर्शनार्थीलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा मन्दिरका मूल पुजारी निलम्बन

असार १४, २०८०
बुटवल
महिला दर्शनार्थीलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा मन्दिरका मूल पुजारी निलम्बन

महिला दर्शनार्थीलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा पाल्पाको भैरवनाथ मन्दिरका मूल पुजारी निलम्बनमा परेका छन् ।

मन्दिर व्यवस्थापन समितिले पुजारी जीतनाथ योगीलाई बिहीवार निलम्बन गरेको हो । योगीले टीका लगाइदिने क्रममा महिला तथा किशोरीहरूमाथि यौनजन्य दुुर्व्यवहार गरेको विषय बाहिर आएपछि मन्दिर व्यवस्थापन समितिले बिहीवारदेखि लागू हुने गरी निलम्बन गरेको जनाएको छ ।

भैरवनाथ प्रसिद्ध धार्मिक तीथस्थल हो । विगत लामो समयदेखि मन्दिरमा मुख्य पुजारीका रूपमा कार्य गर्दै आएका योगीले मन्दिरमा दर्शनका लागि आउने महिला दर्शनार्थीहरूलाई टीका लगाइदिने क्रममा यौन दुर्व्यवहार गरेको भन्ने सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट बाहिरिएपछि थप अनुुसन्धानका लागि उनलाई निलम्बन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेलले जानकारी दिए ।

मन्दिर व्यवस्थापन समितिले नियमअनुसार दैनिक पूजा सञ्चालनका लागि सहायक पुजारी कमलनाथ योगीलाई जिम्मेवारी दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्