२३ असार २०८३, मंगलबार
कोशी प्रदेश

संसद् छाडेर हिँडे मुख्यमन्त्री कार्की, प्रदेशसभा बैठक अनिश्चित

असार १४, २०८०
विराटनगर
संसद् छाडेर हिँडे मुख्यमन्त्री कार्की, प्रदेशसभा बैठक अनिश्चित

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की संसद् छाडेर हिँडेका छन् ।

मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलका क्रममा संसद्मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै उनी हिँडेका हुन् ।

आधा घण्टाका लागि स्थगित गरिएको बैठक मुख्यमन्त्री नआएपछि शुरू हुन सकेको छैन । मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरू प्रदेश सभाबाट बाहिरिएका छन् ।

मुख्यमन्त्रीले आधा घण्टाको समय मागेका कारण आफूले समय दिएको सभामुख बाबुराम गौतमले बताए ।

प्रदेश सभाको बिहीवारकै बैठकबाट विश्वासको मतको पक्ष र विपक्षमा मतदान गराउने सभामुखको तयारी रहेको छ ।

स्रोतले दिएको जानकारीअनुसार मुख्यमन्त्रीले भोलि शुक्रवारका लागि समय माग गरेका थिए । सभामुखले नमानेपछि मुख्यमन्त्रीले राजीनामा दिने कि भन्ने विषयमा पनि छलफल शुरू गरेका बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्