
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रस्तावलाई अगाडि बढाउन भोलि शुक्रवार बिहान ८ बजेसम्मको समय मागेका छन् ।
आधा घण्टाका लागि स्थगित भएको कोशी प्रदेशसभा बैठक छाडेर हिँडेका उनले भोलि बिहानसम्म बैठक स्थगन गर्न माग गर्दै सभामुखलाई पत्र पठाएका छन् ।
विश्वासको मत माग्ने प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ तयार गर्न समय अपुग भएको भन्दै पत्र पठाइएको सभामुख बाबुराम गौतमले बताए ।
संसद्मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै हिँडेका मुख्यमन्त्री नआएपछि बैठक शुरू हुन सकेको छैन । उनले यसअघि सभामुखलाई फोन गरेर थप १ घण्टाको समय मागेका थिए ।
मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरू मुख्यमन्त्री कार्यालयमा छलफल गरिरहेका छन् । एमालेको पत्र आएपछि थप छलफल गरिरहेको सभामुख गौतमले बताएका छन् ।