
कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक यहाँका नौ जिल्लामा शुक्रवार सार्वजनिक बिदा दिएको छ ।
गत चैत २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार शक्रवार प्रदेशका नौ जिल्लामा सार्वजनिक बिदा दिइएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए ।
उनका अनुसार शुक्रवार नौ जिल्लाका सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा हुनेछ ।
कर्णाली सरकारले जुम्लामा बर्सेनि चैत १२ गते धान दिवस मनाउने गरी सार्वजनिक बिदा दिएको छ ।
त्यस दिनमा कर्णालीका नौ जिल्लाबाहेक जुम्लामा मात्र सरकारी तथा गैरसरकारी निकाय बन्द हुने गर्दछन् ।