
भारतको तमिलनाडु राज्यका मन्त्री सेथिल बालाजीलाई बर्खास्त गरेको निर्णयबाट राज्यपाल आरएन रवि पछि हटेका छन् ।
मन्त्री बालाजीलाई भ्रष्टाचारको आरोप लागेको भन्दै राज्यपाल रविले बर्खास्त गरिएको निर्णय सुनाएका थिए तर राज्यपालले मन्त्री बर्खास्त गर्न नपाइने भन्दै प्रश्न उठेपछि उनी पछि हटेका हुन् ।
अब एटर्नी जनरलको कानून रायका आधारमा निर्णय लिइनेछ । मुख्यमन्त्री स्टालिनलाई पत्र लेख्दै राज्यपाल रविले मन्त्री बर्खास्त गर्ने निर्णय रोकिएको जानकारी दिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार गृह मन्त्रालयले समेत मन्त्री बर्खास्त गर्ने निर्णय रोक्न राज्यपाललाई निर्देश गरेको थियो । राज्यपालले मन्त्रीले पदमा बहाल रहँदा अनुसन्धान प्रभावित हुने भन्दै बर्खास्त गर्ने निर्णय लिइएको जनाएका थिए ।