२३ असार २०८३, मंगलबार

प्रहरीको गोली लागेर किशोरको मृत्यु भएपछि हिंसा भड्कियो

असार १५, २०८०
काठमाडौं
प्रहरीको गोली लागेर किशोरको मृत्यु भएपछि हिंसा भड्कियो

प्रहरीको गोली लागेर किशोरको मृत्यु भएपछि फ्रान्समा देशभर हिंसा भड्किएको छ ।

प्रहरीविरुद्ध भइरहेको प्रदर्शनका क्रममा सवारीसाधनमा आगजनीदेखि तोडफोडका घटना भइरहेका छन् । प्रदर्शनकारीमध्ये केहीलाई प्रहरीेले पक्राउ गरेको छ ।

पेरिसको बाहिरी हिस्सामा कर्फ्यू लगाइएको छ भने बस सेवा बन्द गरिएको छ । मंगलवार फ्रान्स प्रहरीले ट्राफिक जाँचका लागि नरोकेको आरोपमा गोली प्रहार गर्दा १७ वर्षीय किशोर नहेल एमको मृत्यु भएको थियो । प्रहरीले उनीमाथि नजिकैबाट गोली प्रहार गरेको आरोप छ ।

आन्दोलन चर्किएपछि गोली प्रहार गर्ने प्रहरीविरुद्ध हत्याको आरोपमा मुद्दा दर्ता भइसकेको छ । तैपनि आन्दोलन थामिएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्