२३ असार २०८३, मंगलबार

मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराउँदै नेपाल समूह विजेता

असार १५, २०८०
काठमाडौं
मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराउँदै नेपाल समूह विजेता

मलेसियामा जारी एसीसी इस्ट जोन यू-१६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ । शुक्रवार भएको समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसयालाई ८४ रनको फराकिलो अन्तरले हराएको हो । 

नेपालले दिएको  १८४ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ३०.५ ओभरमा ९९ रनमै अलआउट भयो । 

मलेसियाका मोहम्मद हैरिलले २५, मोहम्मद आलिफले १५ र आशिष लुहारले १२ रन नाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

नेपालका लागि अशोक धामीले ७ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । कप्तान अभिषेक तिवारीले ३ तथा सन्तोष यादवले २ विकेट लिए । 

नेपालले मलेसियालाई हराएसँगै समूह विजेता बन्दै सेमिफाइनल खेल्न पुगेको छ । मलेसिया पनि सेमिफाइनलमा पुगि सकेको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ८३ रन बनाएको थियो । 

नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्