०५ साउन २०८३, मंगलबार

तनहुँका व्यावसायिक कृषकलाई प्रदेश उत्कृष्ट कृषि पुरस्कार

असार १५, २०८०
काठमाडौं
तनहुँका व्यावसायिक कृषकलाई प्रदेश उत्कृष्ट कृषि पुरस्कार
फाइल फोटो

तनहुँका व्यावसायिक पशुपालक कृषकलाई ‘प्रदेश उत्कृष्ट कृषि पुरस्कार’ प्रदान गरिएको छ ।

भानु नगरपालिका–१२ स्थित मिर्लुङ बहुउद्देश्यीय कृषि फर्म प्रालिका सञ्चालक कुशलचन्द्र अधिकारीलाई गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयमार्फत उत्कृष्ट कृषि पुरस्कार प्राप्त गरेका हुन् ।

उक्त पुरस्कारको राशि रु ३० हजार रहेको छ । धान दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री महेन्द्रध्वज जिसीले उक्त पुरस्कार प्रदान गरेका थिए । कृषि तथा पशुपालनको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो । 

स्नातकोत्तर अध्ययन गरेका अधिकारीले घलेछापमा बाख्रापालन गर्दै आएका छन् । कृषिबाट मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने सोचसहित बाँझो जग्गाको प्रयोग गरी उनले बाख्रापालन गरेका छन् ।

उनको फार्ममा ६५ बाख्रा, १२ भैँसी, एउटा ब्याडे राँगो छ । तीस वर्ष बहराइनमा रोजगारी गरेका बुबाको प्रेरणाले यो व्यवसायमा लागेको अधिकारीले बताए । 

पर्यटन व्यवसायमा लागेका अधिकारी उक्त व्यवसाय छाडेर काठमाडौंबाट गाउँ फर्किएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्