२४ जेठ २०८३, आइतबार
नयाँ सरकारको कसरत

कोशीमा नयाँ सरकार गठनको कसरत : नेतृत्व लिन कांग्रेस–माओवादी दुवै अग्रसर

संविधानको धारा १६८ को उपधारा ३ मा एमालेको ध्यान
असार १५, २०८०
विराटनगर
कोशीमा नयाँ सरकार गठनको कसरत : नेतृत्व लिन कांग्रेस–माओवादी दुवै अग्रसर

कोशी  प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरू छलफलमा जुटेका छन् । हिकमतकुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत नसकेपछि प्रदेशमा नयाँ सरकार बन्ने भएको हो ।

दलीय गठबन्धनलाई सरकार बनाउने हतारो रहेको छ भने एमाले पनि सम्भावनाको खेल भनिरहेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र नेकपा र एकीकृत समाजवादीका दलका नेताहरूले प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटाएका छन् । हालको विपक्षी गठबन्धने नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम नै सरकार बनाउनका लागि आह्वान गर्न आग्रह गरेका छन् भने एमालेले १६८ को उपधार ३ बमोजिम प्रदेश प्रमुखलाई आह्वान गर्न माग गरेका छन् । राजनीति सम्भावनाको खेल भएको प्रतिक्रिया एमाले पनि दिइरहेको छ ।

गत पुषमा संविधानको धारा १६८ को उपधारा २ मा बनेको सरकारले विश्वासकोमत नपाएपछि त्यो च्यापटर कलोज भएकोले त्यही धाराको उपधारा तीन बमोजिम आह्वान गर्न आग्रह गरेको नेकपा एमालेका प्रमुख सचेतक रेवतिरवण भण्डारीले बताए ।

सहमतिको सरकार निर्माणका लागि पनि एमालेले आग्रह गरिरहेको छ । विपक्षी गठबन्धनका नेताहरूले पनि आ–आफ्नै दाबी गरिरहेका छन् ।
नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्वका लागि दाबी गरिरहेका छन् । दुवै दलले आ–आफ्नो नेतृत्वमा सरकार बनाउने गरी निर्णय गरिसकेका छन् ।

तर उनीहरूलाई पनि सरकार बनाउन त्यति सजिलो भने छैन । केन्द्रको गठबन्धनको निर्णयअनुसार सहमतिका आधारमा सरकार गठन हुने नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए ।

कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद छन् ।

सभामुखले मत विभाजन हुँदा बराबरी भएको खण्डमा मात्रै निर्णायक मत दिन पाउँछन् । विपक्षी दलहरू सभामुखको समेत हस्ताक्षर लिएर सरकार गठनको दाबी गर्ने तयारीमा छन् । तर सभामुखलाई मत बराबरी भएको अवस्थामा मात्र मताधिकार हुन्छ । राप्रपासँग पनि छलफल भएकाले सरकार सहजै बन्ने थापाको दाबी छ । तर एमाले यसको विपक्षमा छ ।

सभामुख दलको नभएकाले विपक्षी गठबन्धनमा पनि ४६ सांसद मात्रै भएको एमालेका सांसद लीला वल्लभ अधिकारीले बताए । 

सरकारलाई बहुमत सिद्ध गर्नका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ । माओवादी केन्द्रबाट निर्वाचित भएका  सभामुख भएका बाबुराम गौतमलाई नजोड्ने हो भने गठबन्धनसँग जम्मा ४६ प्रदेशसभा सदस्य छन् ।

एमाले र राप्रपालाई जोड्ने हो भने पनि ४६ सांसद हुन्छन् । एमालेसँग ४० सिट छ भने राप्रपाका ६ जना सांसद छन् । सभामुख विवादमा आउन चाहेनन् भने दुई वटै गठबन्धनलाई सरकार बनाउन सजिलो छैन ।

मुख्यमन्त्रीमा दाबी गरिरहेको माओवादीले सभामुख देखाएर वागर्नेनिङ गरिरहेको गठबन्धनकै नेताहरूले बताएका छन् । माओवादीले मुख्यमन्त्री पाएको खण्डमा सभामुखलाई प्रयोग गर्न सक्ने गठबन्धनको बैठकमा माओवादीले बताउने गरेको नेताहरूको भनाइ रहेको छ । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेले गठबन्धनको बहुमत पुग्ने भएकाले प्रदेश प्रमुखले आह्वान गरेको एक हप्ता भित्रै नयाँ सरकार बन्ने बताए । 

६ वटा प्रदेशमा मुख्यमन्त्री नपाएको नेकपा एकीकृत समाजवादी अहिले चुपचाप छ । तर माधवकुमार नेपालले बार्गेनिङ गर्न सक्ने सम्भावना पनि उतिकै रहेको बताएका छन् ।

तर एकीकृत समाजवादीका सचिवसमेत रहेका संसदीय दलका नेता राजेन्द्र राईले अहिले आफूले कुने दाबी नगर्ने बताए । ‘म पहिला पनि मुख्यमन्त्री भइसकेको छु,’ उनले भने, ‘अरू साथीहरूलाई पनि पालो दिनुपर्छ भनेर मैले दाबी गरेको छैन । तर भागबन्डामा पालो आयो भने म पनि तयार छु ।’

गठबन्धन भित्रै पनि मुख्यमन्त्री को बन्ने भन्ने विषय पेचिलो नै छ । कोशी प्रदेश सरकार टिकाउनका लागि राप्रपाले प्रदेशमा छुट्टै समीकरण बनाएर गएको खण्डमा भने सहज हुनेछ । तर उसले अहिलेसम्म कुनै निर्णय गरेको छैन । राप्रपाले पनि मध्यावधि हुन नदिने बताउँदै आएका छन् । मध्यावधिमा जाने अवस्था आउन नदिने राप्रपाका प्रदेश सभा सदस्य अमरबहादुर विष्टले बताए । 

अहिले नै हामीले कुनै निर्णय गरेका छैनौं उनले भने केन्द्रले थप निर्णय गर्ला तर मध्यावधि जान भने दिँदैनौं ।

कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले शुक्रवार प्रदेशसभामा भएको मत विभाजनमा बहुमत सांसदको समर्थन पुष्टि गर्न नसकेपछि पदमुक्त भएका छन् ।

मत विभाजन हुँदा कार्कीको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो ।  सरकार टिकाइराख्न कार्कीलाई ४७ सांसदको समर्थन जरुरी थियो ।

प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ सांसद उनको पक्षमा उभिए । एक सांसदको अभावमा कार्की नेतृत्वको नेकपा एमाले सरकार १७४ दिनमा ढलेको हो ।

salt training

कमेन्ट गर्नुहोस्