१२ असार २०८३, शुक्रबार

बाघको छाला र हड्डीसहित तीन जना पक्राउ

असार १५, २०८०
काठमाडौं
बाघको छाला र हड्डीसहित तीन जना पक्राउ
फाइल फोटो

बाघको छाला र हड्डीसहित तीन जना पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका–११ बाट पक्राउ परेका उनीहरूलाई आज प्रहरीले जिल्ला वन कार्यालय बाँकेमा बुझाएको छ । 

उनीहरूलाई बिहीवार प्रहरीले कोहलपुर नगरपालिकामा जाँच गर्ने क्रममा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दैलेखको ठाटीकानडा गाउँपालिका–४ घर भएका सुनील चुनारा, सोही जिल्ला भगवती गाउँपालिका–५ का नवीनकुमार कसेर र अछामको पञ्चदेवल गाउँपालिका–२ का टोपेन्द्र शाही रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 

नेपाल प्रहरीको लुम्बिनी प्रदेशको विशेष टोलीले बाघको छाला र हड्डीको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको थियो । जिल्ला वन कार्यालयले त्यसको अनुसन्धान भइरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्