०९ असार २०८३, मंगलबार

अवैध लागूऔषधसहित ३ जना पक्राउ

असार १६, २०८०
सिरहा
अवैध लागूऔषधसहित ३ जना पक्राउ

सिरहामा प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट प्रहरी सहायक निरीक्षक यादव थापा र जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा खटिएको संयुक्त टोलीले सिरहा नगरपालिका–७ ट्राफिक चोकबाट ३ जनालाई पक्राउ गरेको हो ।

स१०प ६१७७ नम्बरको मोटरसाइकलमा रहेका ३ जनाले लक्ष्मी डेरी अगाडि मोटरसाइकल रोकेर भित्र प्रवेश गरी कुराकानी गरिरहेको बेला शंका लागि चेकजाँच गर्दा सिरहा नगरपालिका–२० बस्ने १९ वर्षीय सत्यनारायण कारकले बोकेको झोलाभित्र लुकाइछिपाई राखेको खैरो हिरोइन जस्तो देखिने लागूऔषध ६२.२१ ग्राम र तौल गर्ने डिजिटल मशिन समेत फेला परेको प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए ।

प्रहरीले सिरहा नगरपालिका–२० बस्ने सत्यनारायण कारक, सिरहा नगरपालिका–८ बस्ने २० वर्षीय विवेक ठाकुर र १९ वर्षीय मनिष यादवलाई पक्राउ गरेको छ । पक्राउ परेकालाई थुनामा राख्न सिरहा जिल्ला अदालतबाट लागूऔषध मुद्दामा १० दिनको अनुमति लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्