१२ साउन २०८३, मंगलबार
वर्षासँगै बाढीको डर

पाँच जिल्लामा बाढीको उच्च जोखिम, २२ जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

तिनाउ नदीले खतरा तह पार गर्ने चेतावनी
असार १६, २०८०
काठमाडौं
पाँच जिल्लामा बाढीको उच्च जोखिम, २२ जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक
फाइल तस्बिर

आज (शनिवार) तिनाउ र यसका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी नदीमा जलसतह खतरा तह आसपास रहने पूर्वानुमान हुँदा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

आज रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम)मा बाढीको उच्च जोखिम छ । 

यस्तै ईलाम, झापा, मोरङ, सुनसरी, मकवानपुर, चितवन, पर्सा, स्याङजा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, कैलाली, कन्चनपुर, डोटी, डडेल्धुरा आसपास भई बहने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । यी क्षेत्र भई बहने साना नदी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । 

साथै काभ्रेपलान्चोक, भक्तपुर, ललितपुर, काठमाडौं, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, बाँके, बर्दिया, रोल्पा आसपास भई बहने केही स-साना नदीमा बहाव बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ । 

null

null
 

salt training

कमेन्ट गर्नुहोस्