०५ साउन २०८३, मंगलबार

भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु

असार १६, २०८०
काठमाडौं
भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु

भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । मुम्बई-नागपुर एक्सप्रेसमा गुडिरहेको बस शनिवार बिहान दुर्घटनाग्रस्त बनेको हो ।

दुर्घटनामा २५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । बसमा ३३ यात्रु सवार थिए । बाँकी केही गम्भीर घाइते छन् भने केहीले झ्यालबाट हाम फालेर ज्यान जोगाएको समाचारमा उल्लेख छ । मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

गुडिरहेकै बेला टायर पड्किएपछि बस एक खम्बामा ठोकिएको थियो । ठक्करको क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको थियो ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ अभियानले दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनलाई पाँच-पाँच लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्