
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद प्रभावकारी बनाउनेगरी भूमिका निर्वाह गर्न राजनीतिक पार्टीहरूलाई आग्रह गरेका छन् ।
संसद जन अपेक्षाअनुसार संसद् चल्न नसकेको आम अनभूति भइरहेको भन्दै उनले प्रभावकारी बनाउन राजनीतिक पार्टीहरूले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
६५औं संसद् दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद् जनप्रतिनिधिहरूको सर्वोपरी संस्था भएकाले त्यसलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न उपयुक्त हुने बताए । राष्ट्र र जनताको आवश्यक्ताअनुसार कानून निर्माण गर्ने र भएका कानूनलाई सरकारले प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जानुपर्ने सभामुख घिमिरेको भनाइ थियो ।
‘संसद् प्रभावकारी हुनुपर्छ । यसमा कुनै बहस र विवाद छैन । जे भए पनि जनअपेक्षा अनुरूपको हुन नसकिरहेको छैन भन्ने आम अनभूतिहरू छ,' उनले भने, 'यसलाई प्रभावकारी पार्न मूलतः राजनीतिक पार्टीहरूको भूमिका प्रभावकारी हुन्छ ।’