मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडाैं | असार १७, २०८०
एउटा सुन्दर कविताबाट आजको प्रसंग प्रारम्भ गरौं, जसले फरक प्रसंगलाई पनि लाक्षणिक वा सांकेतिकरूपमा चित्रण गर्दछ ।
झुसिल्किरा अहा! कस्तो कति कोमल सुन्दर,
शान्त सौम्य र निर्दोष हेर्दैमा छ मनोहर ।
खरायोको ऊन जस्तै भुवाको वस्त्र कोमल,
मौन वाणी, स्निग्ध आँखा, चाल चल्दछ सल्बल । ।
अनगिन्ती हात गोडा कहाँ के-के समाउँछ,
बगैँचाको हरियोमा राज गर्दै रमाउँछ ।
कमला फूलका पत्र, कमला पातका मुना,
निःशब्द भै चपाएर पचाइबस्छ दिन्दिन । ।
फूलका पत्रको खाजा, बास्ना केशरको धुलो,
सुग्घरी ठाँटमा बस्छ, लाग्न दिन्न कतै हिलो ।
फूलबारी छ बिर्ता झैं, माली छन् सब सेवक,
पुर्पुरो नै बलियो छ, झुसिले मोज गर्दछ । ।
न कुनै कामको चिन्ता, न मनमा कुनै व्यथा,
फूलको डसनामाथि परीको कल्पना कथा ।
चराचुरुङ्गी छन् शत्रु, देख्तैमा चाल पाउँछ,
कुनातिर लुकी बस्छ, भित्रभित्रै हराउँछ । ।
मालीले छुन खोज्दामा उसका कलिला भुवा,
चिलाउने झुस बन्छन् मालीको हुन्छ दुर्दुवा ।
सिन्को लिई चलाएमा गुँडुल्किन्छ सरक्कन,
दया लाग्दो बनी बस्छ मन नै थाल्छ पग्लन । ।
विभिन्न रङका फूल खाएर तिनको रस,
पखेटामा सजाएर पुतली बन्न पुग्दछ ।
आकाशमा शयर गर्छ, मस्कँदै मस्त चालमा,
परीझैँ पुतलीसाथ नाचे झैं ताल तालमा । ।
विश्व नै उसको देश स्वागतम् छ सबैतिर,
सबैतिर छ सम्मान चर्च या मठ मन्दिर ।
फूलकै पत्रका बीच हुर्कन्छन् उसका भुरा,
कहिलेको पुण्यले हो भाग्यमानी झुसिल्किरा । ।
-कवि रमेश खकुरेल
किराहरूमध्ये झुसिल्किरा निकै खञ्चुवा र हानिकारक हुन्छ । यसले बालीनाली बिगार्छ । यसैगरी डालेघाँस पनि सखापै पार्छ । विभिन्न सर्वेक्षणले के देखाएको छ भने झुसिल्किराको प्रकोपका कारण नेपालभरीका किसानहरू प्रताडित छन् । उनीहरूका बाख्रा पालन, भैँसी पालन, तरकारी खेती, अन्नबाली र टपरी उद्योग समेत सखाप भएका छन्, त्यसैले यसलाई किराहरूमध्ये निकै खतरनाक मानिन्छ ।
पुतलीको अण्डाबाट निस्कने लार्भा नै झुसिल्किरा हो, जो किराहरूमा निकै बदनाम छ । जब झुसिल्किरा पुतली बन्छ, फेरि प्रतिष्ठित बन्छ । यसको जीवनचक्र यही हो । पुतली छोटो समय लगभग दुई हप्ता बाँच्छ तर शानका साथ । गतिशील हुन्छ । प्रकृतिलाई थप सुन्दर बनाउँछ । मान्छे पुतलीसँग हुरुक्क हुन्छ । नजिकिन खोज्छ । समाउन खोज्छ र असाध्यै प्रेम गर्छ, तर झुसिल्किरा भने घृणाको पात्र हुन्छ । पुतलीको पूर्वरूप भए पनि कर्मले गर्दा छि छि! दुरदुर गरिन्छ । एक प्रकारले निष्प्राणजस्तो देखिएर गुडुल्किएरै जीवनचक्र पूरा गर्दछ, तर अस्तित्वविहीन भएर ।
जनस्य गोपा अजनिष्ट जागृतिः - सामवेद ।
सनातन धर्मका प्रमुख धर्मग्रन्थ चारवेदमध्ये सामवेदको महत्त्वपूर्ण विचार हो यो । अर्थात् जागृत व्यक्तिले मात्र समुदायको रक्षा गर्न सक्छ । यसलाई वृहत् अर्थमा बुझ्नुपर्छ । जन्मको तात्पर्य बुझेको वा अन्त:स्करण खुलेको र मानव सभ्यताप्रतिको दायित्व थाहा पाएको व्यक्तिले मात्र लोककल्याणकारी कार्य गर्न सक्छ । र, विभिन्न संकटबाट समुदायलाई जोगाउन सक्छ । समुदायको रक्षा भनेको उसको भूगोल, नश्ल, बहुमूल्य परम्परा, भाषा, संस्कृति र पहिचान नै हो । समाजका सबै समुदायले आफ्नो भरपर्दो सुरक्षा चाहन्छन् । यस वास्तविकतालाई औसत व्यक्तिले छाम्न र बुझ्न सक्तैन । मानव सभ्यताका सबै धाराहरू यसै मान्यतामा अडिएका हुन्छन्, त्यसैले कसैले पनि कसैको अस्तित्व माथि खेलबाड गर्नु हुँदैन, नजरअन्दाज गर्नु हुँदैन ।
समयक्रममा व्यक्तिको चालचलन र व्यवहारले उसको योग्यता पुष्टि गर्दछ । दुनियाँमा धेरै मानिसहरूले धेरै ठूल्ठूला भूमिका प्राप्त गरे, तर मान्छेका नजरमा आफूलाई गतिला सावित गर्न सकेनन् । उनीहरूसँग नाम चलेका विश्व विद्यालयका ठूल्ठूला डिग्री थिए, विद्वान देखिन्थे, ज्ञानी मानिन्थे, सफल ठानिन्थे, तर उनीहरूमा शिक्षाको सर्वथा कमी थियो । मानिसहरूलाई लाग्नसक्छ- धेरै पढेपछि शिक्षित भइन्छ, तर वास्तविकता के हो भने मानिसमा भएको ज्ञानलाई हटाइदिने र बाँकी जे रहन्छ हेर्ने हो भने त्यो मात्र शिक्षा हो । माथि नै उल्लेख भैसक्यो कि मानिसको आनिबानी, संस्कार र व्यवहार नै शिक्षा हो ।
अलिकति पढेपछि, थोरै पैसा कमाएपछि र सानोतिनो ओहोदामा पुगेपछि मान्छे अहंकारी बन्छ र आफूलाई अरूभन्दा उच्च देखाउन थाल्छ । यसलाई अंग्रेजीमा 'मेगालोमेनिया' भनिन्छ । यस रोगबाट हाम्रो समाज ग्रस्त छ । सबैभन्दा बढी त राजनीतिज्ञहरू ग्रसित छन् । नेपालको राजनीतिमा पदारुढहरूको एउटा वर्ग छ, जसले आफूलाई अरूभन्दा फरक र निकै उच्च ठान्छ । त्यस्ता अहंकारीहरूले हाम्रो समाजको सनातन सौहार्दतालाई बिथोलेका छन् । उनीहरूमा भएको शक्तिको सनकपूर्ण अभ्यासले हाम्रो समृद्ध सभ्यतामा निरन्तर प्रहार गरेको छ । यिनीहरू झुसल्किरा जस्तै हुन्, जसलाई आफ्नोबाहेक अरूको चिन्ता छैन । देश, समाज र सिंगो मानव जातिले भोग्नु परेका पीडाप्रति कुनै सरोकार छैन ।
नेपाली कांग्रेस रुपान्तरण अभियानमा सहभागी साथीहरूले कांग्रेसलाई पुतली बनाउने कि झुसिल्किरा नै रहन दिने भनेर प्रश्न गर्दा शुरूमा धेरैजना अल्मलियौं । छलफलका क्रममा पुतलीको जीवनचक्र थाहा पाएपछि सबैले संकल्प गर्यौं कि पुतली बनाएरै छाड्ने । पूरा जीवनचक्र सफल हुन सकेन भने लार्भा पुतली नबन्न पनि सक्छ । लार्भापीडित किसान या कृषि उद्यमीहरूले किटनाशक औषधी छर्किएर पुतलीको जीवनचक्र रोकिदिन पनि सक्छन्, किनभने झुसिल्किराको प्रकोपले मान्छेको जीवनचक्रलाई तहसनहस पारिदिएको छ ।
यतिबेला कांग्रेसले गर्नुपर्ने धेरै कामहरू छन्, यसका दुईवटा पक्ष छन्, आन्तरिक र बाह्य । अहिले सरसरती हेर्दा दुवै क्षेत्र अव्यवस्थित छन् । र, दुःखको कुरा जिम्मेवारी पाएको पक्ष कुम्भकर्ण निद्रामा छ । कहाँ के बिग्रेको छ र ? भनेझैं निस्फिक्री देखिन्छ । यसले निकट भविष्यमा ठूलो विनाश निम्त्याउँदैछ । यसको हेक्का पटक्कै देखिँदैन । लापरवाहीको चरम नमूना यो भन्दा अर्को पाइँदैन । मनमा जागृति या होश नभएपछि हुने यस्तै हो ।
सामाजिक उत्तरदायित्व लिएपछि बेहोशी हुन पाइँदैन । तर, जिम्मेवारीमा रहनु भनेको स्वेच्छाचारी बन्न पाउनु हो भन्ने बुझाइ छ । लोकतान्त्रिक शासन व्यवस्थामा सुझाव र आलोचनालाई दिशानिर्देश मानिन्छ । मन, वचन र व्यवहारले लोकतान्त्रिक भएका व्यक्ति वा शक्तिले विरोधको आमन्त्रण गर्दछन् र बाटो पहिल्याउँछन् । फगत आवरणले लोकतान्त्रिक देखिने पात्र र प्रवृत्तिले आलोचना रुचाउँदैनन् । समयक्रममा आफू पनि डुब्छन्, संस्था र देशलाई पनि डुबाउँछन् । सबै डुबेपछि पुर्पुरोमा हात लगाएर बस्नुको अर्थ रहँदैन ।
हामी सबैले बुझ्नुपर्छ कि कुनै पनि जिम्मेवारी पूरा गर्न सकिएन भने र आफूमाथि प्रश्न उठ्यो भने सहकर्मीलाई मार्गप्रशस्त गर्नुपर्छ । नेपालको राजनीतिमा यो प्रसंग ठ्याक्कै मेल खान्छ । वर्षौं सत्तामा बस्दा पनि देशका लागि उल्लेखनीय कार्य गर्न सकिएन भने अरूलाई पालो दिनुपर्छ । यस सन्दर्भमा कांग्रेस अपवाद हुन सकेन । न सरकार न दल, कुनै पनि राम्रो चलाउन नसकेकै हो ।
अहिले गठबन्धन सरकार छ र यसको ठूलो घटक कांग्रेस हो । प्रधानमन्त्री जोसुकै भएपनि सरकारको कार्यसम्पादन र यसको प्रभावकारीताप्रति कांग्रेस जवाफदेही हुनुपर्छ । राम्रोको जश र खराबीको अपजस कांग्रेसले नै बोक्नुपर्छ । बितेका ६ महिनामा भष्टाचारको एउटा विषयबाहेक कहाँ के काम भयो, कसैलाई थाहा छैन । ६ महिना राम्रो कार्यको प्रभावकारी शुरूआतका लागि पर्याप्त समय हो । सरकारको शासकीय शैली बिल्कुल परम्परागत छ । सुधारको कुनै संकेत देखिँदैन ।
यसको जिम्मा कसले लिने ? कांग्रेस झुसिल्किराजस्तो गुँडुल्किएर बसेको छ । परचक्रीहरूको निशाना बनेको छ । किसानहरूले छर्ने किटनाशक औषधीको प्रभावमा पर्यो भने जीवनचक्र पूरा हुन पाउने छैन । पुतली बन्ने प्रक्रिया अधुरै रहन्छ । तसर्थ, आफ्नो जीवनमाथिको जोखिमलाई ख्याल गरेर कसरी सुरक्षित रूपमा पुतली बन्ने भन्ने चिन्तनमा अघि बढ्नु वर्तमानको दायित्व हो । यसका लागि आफ्नो होशलाई ठेगानमा राख्नु पर्दछ । सामवेदको मार्गदर्शन पनि यही हो ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...