
काठमाण्डौ, भदौ २६– मन्टेश्वरी, किन्डरगार्डन तथा प्रि–स्कुलहरुकोे छाता संगठन अपेनको प्रथम राष्ट्रिय अधिवेशनबाट बद्री प्रसाद दाहालको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन भएको छ ।
आइतवार सम्पन्न अधिवेशनले बालबालिकाको चौतर्फी विकास, गुणस्तरिय सेवा र शिक्षा, मन्टेश्वरी, किन्डरगार्टन तथा प्रि–स्कुलहरुको लगानीको सुरक्षा, पेसागत मर्यादा तथा क्षमता अभिबृद्धि लगायत ७ बुदे काठमाण्डौ घोषणा पत्र जारी गरेको छ । अधिवेशनमा २६ जिल्लाका २५० प्रतिनिधिहरुको सहभागी थिए । उनीहरुले सरकारले तोकेको मापदण्ड पूरा गर्ने र गुणस्तरीय शिक्षा दिने बाचा गरेका छन् ।