२३ जेठ २०८३, शनिबार

इर्मा आँधीले फ्लोरिडामा तबाही मच्चाउँदै, तीनजनाको मृत्यु

कात्तिक २०, २०७४
इर्मा आँधीले फ्लोरिडामा तबाही मच्चाउँदै, तीनजनाको मृत्यु

काठमाडौं, २६ भदौ — अमेरिकाको फ्लोरिडा राज्यमा इर्मा आँधीले विनाश मच्चाइरहेको छ । मायामी शहरलाई चपेटामा पारेपछि आँधीले तटीय इलाकामा खतरनाक बाढी ल्याएको छ ।


अहिले यो आँधीको तीव्रतालाई क्याटेगोरी १ मा घटाइएको भएपनि यो १३७ किलोमिटर प्रतिघन्टाको गतिमा अघि बढिरहेको छ ।

राज्यमा रहेको ३४ लाखभन्दा बढी घरको बिजुली काटिएको छ र मायामीका धेरै भागहरू पानीमुनि छन् ।

आँधीका कारण तीनजनाको मृत्यु भएको खबर छ र धेरै क्षेत्रहरूमा कर्फ्यु लगाइएको छ ।

इर्माले क्यारिबियन क्षेत्रको १० वटा देशमा तबाही मच्चाउँदै कम्तीमा २८ जनाको ज्यान लिएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई प्रमुख विपद् भनी घोषणा गरेका छन् र फ्लोरिडाका लागि संघीय सहायताको पनि घोषणा गरेका छन् ।

आँधी अहिले टाम्पा बे एरियातिर बढिरहेको छ र लगभग तीस लाख मानिस टाम्पामा बस्छन् । उक्त क्षेत्रमा सन् १९२१ देखि प्रमुख आँधी आएको छैन ।

आज सोमवारसम्ममा इर्मा कमजोर भएर जाने बताइएको छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्