काठमाडौं २६ भदौ– कमल थापा नेतृत्वको राप्रपाले निर्वाचन आचार संहिता विपरित प्रधामनन्त्री शेरबहादुर देउवाले गरेको मन्त्रिपरिषद विस्तारको निर्णय सच्चाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
राप्रपा प्रवक्ता सुशील श्रेष्ठले सोमवार एक विज्ञप्ती प्रकाशित गरी निर्वाचन आचार संहिताको ठाडो उलंघन भएको भन्दै आयोगको ध्यानाकर्षण गराएका हुन् ।
‘प्रदेश सभा सदस्य र प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा निर्वाचन आचार संहिता, २०७२ लागु भइसकेको विद्यमान अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले आज गर्नु भएको मन्त्री परिषद विस्तारले निर्वाचन आचार संहिताको ठाडो उलंघन भएको छ । सरकारले गरेको यो निर्णय सच्याउनका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछु,’ प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
यसअघि प्रधानमन्त्री देउवाले सोमवार पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिकका तीन मन्त्री र एक राज्यमन्त्रीलाई सपथ गराएका थिए ।