काठमाडौं, २४ मंसिर — टाइम पत्रिकाले अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित डोनाल्ड ट्रम्पलाई वर्ष पुरुष त घोषणा ग—यो तर साथसाथै उनलाई शैतानका रूपमा पनि चित्रण ग-यो ।

ट्रम्पको टाउकोलाई एम अक्षरको मुनि राखेर शैतान झैं टाउकोबाट दुई सिङ निस्केको जस्तो देखायो टाइमले आफ्नो कभरमा । यसका बारेमा सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भएपछि पत्रिकाले जानीजानी यसो नगरिएको स्पष्टीकरण दियो ।
हुन त ट्रम्पको देब्रे नितम्बमा शैतानलाई जनाउने ६६६ नम्बर ट्याटु गरिएको हल्ला चलेपनि यसरी टाउकोमै सिङ राखिदिएर उनी शैतानका प्रतिनिधि हुन् भनेको पहिलोपटक हो ।
यस वर्षभरि मिडियामा ट्रम्प नै छाइरहेकाले उनी वर्षपुरुष घोषणा हुनु ठूलो कुरा भएन । टाइमको कभरमा छापिएको उनको फोटो नादाभ कन्दरले ट्रम्प टावरमा खिचेका हुन् । उनी फोटोमा भव्य देखिएका छन् ।
टाइमले उनलाई विभाजित अमेरिकाका राष्ट्रपति भनी कभरमा लेखेको छ । उनको अनुहार पनि आधी प्रकाशमा अनि आधी अँध्यारोमा देखाइएको छ । यसले नै विभाजित देशको प्रतिनिधित्व गर्छ ।
द गार्डियन