१३ असार २०८३, शनिबार

पार्टीलाई समाजवादी विकल्पको रूपमा स्थापित गर्न नेसपाको संगठन विस्तार अभियान [पूर्णपाठ]

असार १९, २०८०
काठमाडौं
पार्टीलाई समाजवादी विकल्पको रूपमा स्थापित गर्न नेसपाको संगठन विस्तार अभियान [पूर्णपाठ]

नेपाल समाजवादी पार्टीले सबै स्थानीय तहसम्म संगठनात्मक सञ्जाल विस्तार गर्ने भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले संगठन निर्माण तथा विस्तार अभियान घोषणा गरेको हो । नेसपाले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ नारासहित अभियान शुरू गरेको हो । 

पार्टीका प्रचार विभाग प्रमुख विश्वदिप पाण्डेले पार्टीलाई वैचारिक रूपमा नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी विकल्पको रूपमा स्थापित गर्न अभियान शुरू गरिएको बताए । 

अभियान २०८० असारबाट शुरू भई पुस मसान्तसम्म सञ्चालन हुने उनले मंगलवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

पार्टी, नेता–कार्यकर्ताहरूको सैद्धान्तिक एवम्वैचारिक स्तर अभिवृद्धि गर्ने, तत्कालीन जनसरोकारका विषय र निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली तथा पहिचान सहितको संघीयताको एजेण्डालाई सडक, सदन र सरकारमा सशक्त रूपमा उठाउने र विचार मुद्दा मिल्ने शक्तिहरूसँग संवाद, सहकार्य र ध्रुवीकरणको कामलाई अघि बढाइने विज्ञप्तिमा उल्लेख छ । 

यही अभियानका क्रममा नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहहरूसँग सम्वाद, सहकार्य बढाउँदै ध्रुवीकरणको पहल गर्ने योजना अघि सारेको हो । मुद्दा मिल्ने पार्टीहरूसँग मोर्चा बनाउने पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्