
सुनसरीको इटहरी चोकमा टिप्परले ठक्कर दिँदा आमाछोरी गम्भीर घाइते भएका छन् ।
ना१क ९१०७ नम्बरको टिप्परले मुख्य चोकमा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ ।
आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्ग र कोशी राजमार्ग बन्द गरेका छन् । स्थानीयको ढुंगा प्रहारबाट २ जना प्रहरी घाइते भएका प्रहरीले जनाएको छ । ठक्कर दिने टिप्परमाथि आन्दोलनकारीले तोडफोड गरेको प्रहरीले जनाएको छ ।