
काठमाडौं महानगरपालिकाले हिमालयन कफी हाउसलाई कारवाही गरेको छ ।
अनुगमनका क्रममा मंगलवार लेबल नभएको खाद्य सामग्री बिक्री वितरण गरेको पाइएपछि दश हजार रुपैयाँ जरिवाना गरिएको हो ।
काठमाडौं महानगरपालिका वडा नं. ९ बत्तिसपुतलीमा रहेको हिमालयन कफी हाउस प्रालिबाट लेबल नभएको २० थान बेकरी आइटमसमेत जफत गरिएको महानगरले जनाएको छ ।