×

NMB BANK
NIC ASIA

प्रविधिको प्रयोग बढ्दो भएसँगै किसानले पाल्नै छाडे हलगोरु

पाल्पा | असार १९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

असार शुरु भएपछि खेतमा हलगोरु नारेर धान रोप्ने प्रचलन थियो । सबैकाजसो घरघरमा कम्तीमा एक हलगोरु पालिएकै हुन्थ्यो । असार लागेपछि पालैपालो गाउँमा गोरुले खेत हिलो गर्ने र धान रोप्ने चलन रहे पनि अहिले भने यो गाउँमा हराइसकेको छ ।

Muktinath Bank

ट्याक्टर तथा पावर टिलर, मिनिटिलर नपुग्ने ठाउँमा छिटफुट रुपमा गोरुको प्रयोग रहेता पनि पाल्पाका सबैजसो ठाउँमा किसानले प्रविधिको प्रयोग गर्न थालेको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हलगोरुको ठाउँमा विभिन्न मेसिनरी प्रविधिको प्रयोगमा आएपछि असार लागे पनि विगतका वर्षमा जस्तो पछिल्ला वर्षमा चटारो हुन छाडेको पाल्पा रामपुरका धनराज श्रेष्ठ बताउँछन् । ‘बिहान सबेरै खाना खाएर रात नपरुन्जेलसम्म खेतमा जोतेर राति अबेर मात्रै घर फर्कने गरिन्थ्यो, पालोअनुसार गाउँमा सबैका खेतमा पुगेर गोरुले हिलो गरेर धान रोपिन्थ्यो, यसरी धान रोप्दा छुट्टै आनन्द लाग्थ्यो भने हामीलाई खेत जोतेर असारमा राम्रै कमाई गर्ने माध्यम बन्थ्यो’, उनले भने ।


Advertisment
Nabil box
Kumari

ट्याक्टर गाउँमा नभित्रिँदासम्म उनलाई बर्खायाम शुरु भएपछि खेतमा धान रोपाइँ गर्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले भने श्रेष्ठका दिन फुर्सदिला बनेका छन् । अर्कोतर्फ गाउँमा युवा जनशक्तिको अभाव छ । युवा जनशक्ति अध्ययन, रोजगार, विभिन्न पेशा, व्यवसाय तथा विविध कामको सिलसिलामा गाउँदेखि शहर, बजार तथा विदेशमा छन् । गोरुपालन तथा गाउँका खेतबारी जोत्ने व्यक्तिको अभाव छ । समयानुकूल विभिन्न प्रविधिको विकास, गाउँमा सडक पुगेपछि परम्परागत पेसा हराउन पुगेको हो ।

Vianet communication
Laxmi Bank

प्रविधिको बढ्दो प्रयोगले गाउँघरमा गोरुपालन गर्ने चलन छैन । परम्परागत तवरले गोरुका माध्यमबाट रोपिने धान अहिले कृषि यान्त्रिकीकरणको सहायताबाट रोपिन थालिएपछि गोरुपालन गर्न किसानले छाडेका हुन् ।

एक हल गोरुले दिनभर गर्ने काम पावर टिलर, मिनिटिलर, ट्र्याक्टरबाट छोटो समयमा सम्पन्न हुने हुँदा यसप्रति कृषकको आकर्षण बढेको हो । आकाशेपानी परेका मौका छोपेर धान रोप्नुपर्ने भएकाले एक दशकयता गोरुले खेत जोत्न छाडेको देवराज अर्याल बताउँछन् ।

उनले भने, ‘पहिला घरमा गोरु पालेर थोरै–थोरै दिनमा खेत हिल्याएर धान रोप्न तयार पारिन्थ्यो, अहिले खेतमा ठूला ट्र्याक्टर जान थालेपछि घरमा पालिएका गोरु हटाइयो, पानी परेपछि एकैपटक हिलो गरेर धान रोप्ने गरिएको छ ।’

छोटो समयमा धेरै काम सम्पन्न हुने भएपछि गोरुको ठाउँमा पावर टिलर, मिनिटिलर, ट्याक्टर लगाएर धान रोपाइँ गर्न थालेको अर्यालले बताए । कम लगानीमा काम छिटो सम्पन्न हुने भएपछि कृषकलाई धान रोपाइँ गर्न सजिलो भएको छ । गोरुले रोपाइँ गर्दा एक हप्ता दश दिन अघिदेखि हल, खेतालाको बन्दोबस्त गर्नुपर्थ्यो । कृषकलाई लागत पनि बढी पर्दछ भने समयमा नै हलगोरु नपाउँदा कृषकले निकै दुःख भोग्नुपर्थ्यो । यस समस्याबाट पनि कृषक अहिले मुक्त भएका छन् ।

राज्यले कृषि व्यवसायलाई जोड दिएर विभिन्न कृषिजन्य औजार, उपकरणमा अनुदान सहयोग, गाउँ–गाउँमा प्रविधिको प्रयोग गरेर खेती गर्न प्रोत्साहन गरिएपछि आधुनिक प्रविधिमा किसान आकर्षित भएको रामपुर नगरपालिकाका कृषि शाखाप्रमुख रामहरि पाण्डेय बताउँछन् ।

गाउँ–गाउँमा ट्याक्टर, पावर टिलर, मिनिटिलर भित्रन थालेपछि गोरुले खेत रोप्ने चलन हट्दै गएको हो । गोरु पाल्न झन्झट र वर्ष दिनभरि पाल्नुपर्ने हुँदा पनि गोरु पाल्ने, गोठाला जाने प्रचलन गाउँघरमा कमै मात्रामा छ । गाउँका पाखा, पखेरा, भिराला जमिनमा मिनिटिलरबाट बारीहरु रोप्ने सुविधा पुगेपछि दिनभर गोरुले जोतेर खेती गर्ने चलन अहिले कम हुँदै गएको निस्दी गाउँपालिका–४ मित्यालका धनबहादुर ठाडाले बताए ।

जिल्लामा बढ्दो यान्त्रिकीकरणको विकास र प्रयोगले काम गरेर खाने श्रमिक, मजदुरहरू विस्थापित हुन पुगेका छन् । कृषि र अन्य क्षेत्रमा विभिन्न यान्त्रिकीकरणको प्रयोग हुन थालेपछि ज्यालादारीमा काम गरेर जीवन गुजारा गर्ने सयौं श्रमिक, मजदुरहरुको आम्दानीको स्रोत नै गुमेको छ ।

परम्परागत कृषि औजारका सट्टा खनजोत गर्ने हाते ट्याक्टर, पावर टिलर, बिउ रोप्ने मेसिन, धान काट्ने मेसिन, गहुँ ठटाउने, धान झाट्ने मेसिनको बढ्दो प्रयोग हुन थालेपछि कृषि व्यवसायमा आबद्ध कृषि मजदुर विस्थापित हुन पुगेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २९, २०८०

बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो ।​ चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...

पुस १४, २०८०

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...

भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

असोज ३०, २०८०

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलवार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् ।  मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजा आराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय...

मंसिर २३, २०८०

चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...

भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x