०१ असार २०८३, सोमबार

श्रीलङ्कालाई विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त

असार १९, २०८०
काठमाडौं
श्रीलङ्कालाई विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त
फाइल फोटो

श्रीलङ्काले विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त गरेको छ । 

श्रीलङ्काका अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले मङ्गलवार विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त भएको बताएका छन् ।

कोलम्बोमा पत्रकारहरूसँग कुरा गर्दै सेमासिङ्घेले विश्व बैंकले श्रीलङ्काका लागि बजेट र कल्याणकारी सहयोगका रूपमा जुन महिनामा ७० करोड डलर स्वीकृत गरेको बताएका छन् ।

सो रकममध्ये पाँच सय मिलियन डलर लचिलोपन, स्थिरता र आर्थिक परिवर्तन विकास नीति सञ्चालनका लागि विनियोजन गरिएको छ । यसबाट आर्थिक सुशासनमा सुधार, वृद्धि र प्रतिस्पर्धात्मकता बढाउने र गरिब र कमजोरहरूलाई संरक्षण गर्ने सुधारहरूलाई समर्थन गर्ने अपेक्षा गरिएको छ । 

राज्यमन्त्री सेमासिङ्घेले यो कोषले देशलाई बृहत् आर्थिक स्थायित्व र दिगोपन पुनस्र्थापना गर्ने, गरिबी र जोखिममा परेका प्रभावलाई न्यूनीकरण गर्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्