०५ असार २०८३, शुक्रबार

मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन काठमाडौं महानगरको निर्देशन

असार २०, २०८०
काठमाडौं
मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका चलचित्र भवनलाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणालीमा ल्याउन निर्देशनसहित पत्राचार गरेको छ । 

महानगरभित्र रहेका १७ चलचित्र भवनलाई मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भए ३ दिनभित्र त्यसमा पहुँच दिन र डिजिटल प्रणालीमा कर सञ्चालन नगरेकाले भने पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणालीमा ल्याई प्रणालीमा राजस्व विभागलाई पहुँच दिलाउन भनिएको छ ।

डिजिटल प्रणालीबाट बिक्री गरिने टिकटको यूजर आईडी र पासवर्ड मागिएको महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए । उनले भने, ‘कर कति उठ्यो भन्ने पारदर्शिताका लागि महानगरले प्रक्रिया अगाडि बढाएको हो । डिजिटल प्रणालीमा नगएका हललाई १ महिनाभित्र जान र उक्त प्रणालीमा पहुँच प्रदान गर्न भनेका छौं ।’

चलचित्र भवनमा प्रवेश शुल्कबापत बिक्री हुने टिकटमा ५ प्रतिशत मनोरञ्जन कर राखिएको हुन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्