०४ साउन २०८३, सोमबार

प्रचण्डको अभिव्यक्ति आत्मसमर्पणवादको ज्वलन्त उदाहरण हो : कमल थापा

असार २०, २०८०
काठमाडौं
प्रचण्डको अभिव्यक्ति आत्मसमर्पणवादको ज्वलन्त उदाहरण हो : कमल थापा
फाइल फोटो

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो अभिव्यक्ति आत्मसमर्पणवादको ज्वलन्त उदाहरण भएको बताएका छन् ।

प्रितम सिंहबारे प्रधानमन्त्री प्रचण्डको भनाइप्रति कटाक्ष गर्दै थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्रीको भनाईमाथि टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीको भनाईले सिंगो राजनीतिक क्षेत्र लज्जित भएको भन्दै उनले २०६३ सालपछिको धरातलीय यथार्थ समेत यही भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

थापाले लेखेका छन्, ‘प्रितम सिंहबारे प्रचण्डः ‘मलाई प्रधानमन्त्री बनाउन धेरैचोटी दिल्ली जानुभयो’ । प्रम प्रचण्डको यस भनाईले सिंगो राजनीतिक क्षेत्र लज्जित भएको छ तर दुःखको कुरा के हो भने यो भनाई २०६३ पछिको धरातलीय यथार्थ हो । आत्मसमर्पणवादको ज्वलन्त उदाहरण हो ।’
 

salt training

कमेन्ट गर्नुहोस्