१२ साउन २०८३, मंगलबार

प्रचण्डको अभिव्यक्ति अक्षम्य र नकचरोपनको परिणाम– एमाले महासचिव

असार २०, २०८०
काठमाडौं
प्रचण्डको अभिव्यक्ति अक्षम्य र नकचरोपनको परिणाम– एमाले महासचिव
फाइल तस्बिर

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धुर्त्याइँले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको बताएका छन् । उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरा पटक पटकका घटनाक्रमहरूले पुष्टि गरेको उनले बताए । 'प्रितम् सिंह मलाई प्रम बनाउन दिल्लीसमेत जानुभयो' भन्ने प्रचण्डको भनाइ उपरोक्त श्रृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम भएको उनको भनाइ छ । 

जन निर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमुल्यन गर्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति अक्षम्य भएको भन्दै यस विषययमा प्रतिनिधि सांसदहरूको ध्यानाकर्षण गराएका छन् । 

'प्रचण्डजीको धुर्त्याइँले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै सन्देह नै छैन । उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटकका घटनाक्रमहरू साक्षी छन् । 'प्रितम् सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो' भन्ने उनको भनाइ उपरोक्त श्रृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो,' पोखरेलले फेसबुकमा लेखेका छन्, 'प्रधानमन्त्री को हुने भन्ने कुरामा वाह्यरूपमा जतिसुकै चलखेल भए पनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधि सभा नै हो । जन निर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमुल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य छ । यस विषययमा प्रतिनिधि सभाका माननीय सदस्यहररूको ध्यान गम्भीर रूपमा जानेनै छ ।'

सोमवार साँझ किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन समारोहमा प्रचण्डले नेपालको सरकार गठनमा भारतीय पक्ष हाबी हुने गरेको बजार हल्लालाई पुष्टि हुनेगरी अभिव्यक्ति दिएका थिए । प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह धेरैपटक दिल्ली गएको बताएका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्