प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि पाकिस्तानका राजदूत अबरार हुस्सैन हाश्मीबीच भेटवार्ता भएको छ । बुधवार बिहान प्रधान सेनापतिको कार्यकक्ष जंगी अड्डामा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ । भेटघाटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाले विश्वास लिएको छ ।