
लुम्बिनी प्रदेशसभा बैठक चलिरहँदा जेनेरेटरमा आगलागी भएको छ । प्रदेशसभा भवनमा रहेको जेनरेटरमा आगलागी भएपछि बैठक केहीबेर स्थगित भएको हो ।
दोस्रो अधिवेशनको १७ औँ बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष सम्बोधन गरेपछि प्रमुख विपक्षी दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्दै गर्दा लाइन काटिएको थियो ।
जेनरेटरमा आगो लागेर विद्युत् आपूर्ति बन्द भएपछि प्रदेश सभामा अँध्यारो भएको थियो ।
सभामुख तुलाराम घर्ती मगरले जेनरेटरमा आगलागी भएको जानकारी दिँदै दश मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए ।