
नेपाली सेनाको माली मिसन समाप्त भएको छ । मालीमा सन् २०१३ अप्रिलदेखि यूनाइटेड नेसन मल्टी डाइमन्सनल इन्टिग्रेटेट स्टेबलाइजेसन नामको मिसन चलिराखेको थियो ।
माली सरकारले संयुक्त राष्ट्रसंघलाई मिसनमा रहेका सेनालाई फिर्ता बोलाउने भनेपछि संयुक्त राष्ट्र संघले सन् २०२३ जुन ३० मा माली मिसनमा रहेका सबै सैनिक र प्रहरीलाई फिर्ता बोलाउने निर्णय गरेको सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले बताए ।
उनका अनुसार सेनाले मालीमा रहेका गुल्म अन्तर्गतका १५६ जना र स्टाफ सेनाका रुपमा कार्यरत २१ गरी १ सय ७७ जनालाई फिर्ता ल्याउन लागेको हो ।
फ्रेन्च कोलोनीका रुपमा रहेका मालीमा शान्ति स्थापनाको लागि यूएन मिसनमा अहिले १३ हजार २८९ सैनिक र १ हजार ९ सय २० प्रहरी खटिएका छन् ।
