माघ ८, २०८०
पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार नवनियुक्त कार्यक...
धरान खानेपानी व्यवस्थापन बोर्ड व्यवस्थित रूपमा अघि बढाउन नसकेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गविरुद्ध दर्ता भएको रिट निवेदनमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
साम्पाङ्गविरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठ लगायतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।
रिट निवेदनमा उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको संयुक्त इजालशले बुधवार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । उच्च अदालत विराटनगरले यसअघि जेठ २६ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश बुधवार भएको छ ।
आदेशमा भनिएको छ, ‘निवेदन हेर्दा तत्काल बैठक बोलाई कार्यकारी समितिको गठनलाई पूर्णता दिनू, कार्यकारी समितिको बैठक नबसी कुनै पनि नीतिगत निर्णय नगर्नू/नगराउनू, वैधानिक तरिकाबाट अध्यक्षको छनोट नहुँदासम्म कसैले पनि अध्यक्ष लेखी काम कारबाही नगर्नू/नगराउनू भनी अन्तरिम आदेश जारी गरी पाउँ भन्ने माग गरेको देखियो । निवेदकले माग गरेको उल्लेखित विषयमा अन्तरिम आदेश जारी नहुँदा निजलाई अपूरणीय क्षति हुने अवस्था नदेखिएको र विपक्षीको लिखित जवाफ परी अन्तिम सुनुवाइको क्रममा निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नहुँदा यस अदालतबाट मिति २०८०/२/२६ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन । कानून बमोजिम गर्नू ।’
निवेदकहरूका तर्फबाट अधिवक्ता विनोदकुमार तिमल्सिना, विपक्षीहरूका तर्फबाट उपस्थित अधिवक्ताद्वय रमेश बास्तोला, इन्द्र निरौला र जेके राई साम्पाङ्गले बहस गरेका थिए ।
बोर्डका सदस्यहरूले बोर्डलाई व्यवस्थित बनाउन मेयर साम्पाङ्ग र सचिव पोखरेलविरुद्ध गत जेठ २६ गते उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका थिए । अदालतले जेठ ३२ गते दुवै पक्षलाई छलफलका लागि अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार नवनियुक्त कार्यक...
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । आज मुद्दाको किनारा लाग्ने बताइएको छ । स...
नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्धको मुद्दा दोहोर्याएर हेर्न सर्वोच्च अदालतले अनुमति दिएको छ । सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले ...
बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई कारबाही स्वरूप आइतबार ...
खुलातर्फको माथिल्लो पदमा उम्मेदवार भई उत्तीर्ण गरी पदोन्नतिसहित नियुक्त भएमा ग्रेड समायोजन नहुने भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सचिवस्तरीय निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्च...
बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय तोक्न आजलाई पेसी तोकिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...