बाँकेको नेपालगञ्जस्थित कारागारमा १ कैदीले आत्महत्या गरेका छन् ।
जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले बिहीवार बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए ।
मृतक गुप्ता ३ वर्षदेखि कैद सजाय भोग्दै आएका थिए ।
घटनाबारे मृतकका परिवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए ।