२० असार २०८३, शनिबार

गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु

असार २१, २०८०
काठमाडौं
गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु

राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको यात्रुबहाक बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पाको गंगादेब गाउँपालिका ४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा ४० वर्षीय टोपलाल डाँगी रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दाङको तुलसीपुरबाट छुटेको रा १ ख ८३४ नम्बरको बसमा बिहीवार सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै करेन्ट प्रवाह भएको थियो ।

बसमा २० देखि २५ जना सवार भएको बताइएको भएपनि एकीन जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनापछि राप्ती लोकमार्गको उक्त्र सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्