काठमाडौं २६ भदौ– संयुक्त राष्ट्रसंघको ७२ आंै महासभामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा असोज ३ गते अमेरिकाको न्युयोर्क जाने भएका छन् ।

मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको कार्यक्रम स्वीकृत गरेको छ ।
प्रधामनन्त्री देउवाले ७ गते शनिवार राष्ट्रंघको महासभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।
प्रधानमन्त्री देउवाको भ्रमण भन्दा पहिले असोज २ गते उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा न्युयोर्क जाने कार्यक्रम छ ।