३० असार २०८३, मंगलबार

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले आज शपथ लिँदै

असार २२, २०८०
विराटनगर
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले आज शपथ लिँदै

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीमा उद्धव थापाले आज शपथ लिँदैछन् ।

शुक्रवार बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको जनाइएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।

प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिएका छन् ।

मुख्यमन्त्री थापाले शपथ ग्रहणलगत्तै केही मन्त्रीहरू नियुक्त गर्ने तयारी समेत गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्