०५ साउन २०८३, मंगलबार
बहुमत पुर्‍याउन सभामुखको हस्ताक्षर प्रकरण

कोशी सरकारविरुद्ध सर्वोच्चमा एमालेको रिट, नयाँ सरकारको बाटो खोल्न परमादेश माग

असार २२, २०८०
विराटनगर
कोशी सरकारविरुद्ध सर्वोच्चमा एमालेको रिट, नयाँ सरकारको बाटो खोल्न परमादेश माग

कोशी प्रदेशको नयाँ सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तीन जनालाई विपक्षी बनाएर शुक्रवार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् । 

संविधानको धारा १६८(२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गरिनुपर्ने माग रिटमा गरिएको कोशी प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए । 

रिटमा प्रदेश प्रमुख परशुराम खापुङ्ग, मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ । दर्ता रिट निवेदनको सुनुवाइका लागि सर्वोच्चले आइतवार पेसी तोकेको छ । 

९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ जना प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । गठबन्धन दलहरूका तर्फबाट ४६ मात्रै पुगेपछि सभामुखलाई समेत जोडेर बहुमत पुर्‍याउँदै बिहीवार थापा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्रीमा थापाले आज प्रदेश प्रमुखबाट शपथ समेत लिइसकेका छन् ।

यस्तो छ रिट निवेदन

 

salt training

कमेन्ट गर्नुहोस्