२३ जेठ २०८३, शनिबार

परदेशबाट श्रीमतीलाई सन्देशः संशोधन प्रस्ताव पारित भए नेपाल कहिल्यै फर्किन्नँ

कात्तिक २०, २०७४
परदेशबाट श्रीमतीलाई सन्देशः संशोधन प्रस्ताव पारित भए नेपाल कहिल्यै फर्किन्नँ
काठमाडौं, पुस २५– रोजगारीको सिलसिलामा हाल भारतको नयाँदिल्लीमा रहेका एक युवाले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव पारित भए आफू कहिल्यै स्वदेश नफर्किने बताएका छन् । श्रीमतीलाई एक सन्देश पठाउँदै जय बहादुर ठगुन्ना नाम गरेका युवाले यस्तो बताएका हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा उनले श्रीमतीलाई एक मार्मिक सन्देश लेख्दै भनेका छन्, ‘ दायाँबायाँ कुरा लुकाउन चाहन्नँ । यदी संविधान संशोधन पारित भयो भने म कहिल्यै घर फर्किन्नँ । ’

उनले आफूले कहिल्यै जीवनदेखि हार नखाएको तर राजनीतिक दलहरुको गतिविधिका कारण निराश बनेको उल्लेख गर्दै भनेका छन्, ‘प्रिय जीवन संगिनी जीवनदेखि हार नखाएको मान्छे आज देशका दलालहरुबाट हार खाँदै छु ।’

उनले संशोधन पारित भए आफू घर नफर्किने बताउँदै श्रीमतीलाई लेखेको मार्मिक सन्देशमा भनिएको, ‘प्रिय जीवन संगिनी आज सम्म मैले कहिल्यै पनि पत्र लेख्न चाहेको थिइनँ र लेख्नका कारण पनि थिएन । मैले तिमीलाई बिहे गरेर दुईटी छोरी तिम्रो कोमल गर्भबाट जन्माउन मैले पापै गरेजस्तो लाग्छ , तर मलाई भन्न करै लाग्छ तिम्रो र तिम्रा दयालु दाजुभाईकै कारणले गर्दा आज यो श्रृष्टिको हावापानी खान पाएको हुँ ।’

सरकारले ल्याएको संविधान संशोधन विधेयकले विखण्डन आउने उनको तर्क छ ।

विपक्षीको विरोधका बाबजुत आइतबारको संसद बैठकबाट संशोधन प्रस्ताव टेबल गरिएको थियो ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा नागरिकता, भाषा, सीमांकन लगायतका विषयमा ठगुन्नाले सामाजिक सञ्जालमार्फत पटक–पटक असन्तुष्टि पोख्दै आएका थिए ।

उनले धम्कीपूर्ण शैलीमा यस्तो सन्देश लेखेका पनि हुन सक्छन् तर उनको यो सन्देशले संशोधन प्रस्तावमा धेरैको विमती रहेको दर्शाउँछ जुन पाँच नम्बर प्रदेशका साथै देशका विभिन्न स्थानबाट उठेका विरोधका स्वरले प्रष्ट्याउँछ ।
15978175_1494188243942356_1625734189_n

salt training

कमेन्ट गर्नुहोस्