२३ जेठ २०८३, शनिबार

एसईईमा यी १६ विषयमा कसैले पनि ल्याउन सकेनन् ‘ए प्लस’

असार २३, २०८०
काठमाडौं
एसईईमा यी १६ विषयमा कसैले पनि ल्याउन सकेनन् ‘ए प्लस’

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य देखिएका छन् । बोर्डले विभिन्न धारका ८३ विषयमा परीक्षा सञ्चालन गरेको थियो ।

बोर्डले एसइईको नतिजा बिहीबार सार्वजनिक गरेको  थियो  ।  विद्यार्थीले  ६७  वटा  विषयमा  ‘ए  प्लस’ प्राप्त गरेका छन् । ‘ए प्लस’ प्राप्त नगरेका सबै विषय ऐच्छिक हुन् ।

नतिजा अनुसार वातावरण विज्ञान, समाजशास्त्र, नेवारी, उर्दु, संस्कृत भाषा र साहित्य, इलेक्टिभ अङ्ग्रेजी, नीतिशास्त्र, वेद (शुक्ल आयुर्वेद), न्याय, भूगोल, अङ्ग्रेजी, फलित ज्योतिष, तर्क  सङ्ग्रह,  पत्रकारिता  विषयमा  कसैले  पनि  ‘ए  प्लस’ प्राप्त गर्न सकेनन् । 
बोर्डले परीक्षार्थीको प्राप्ताङ्क अनुसार विषयगत रूपमा  नौ  वटा  ग्रेड  निर्धारण  गरेर  नतिजा  प्रकाशन  गरेको छ । गोरखापत्रमा विस्तृतमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्