२२ जेठ २०८३, शुक्रबार

डोटीमा घर भत्किँदा च्यापिएर महिलाको मृत्यु

असार २३, २०८०
डोटी
डोटीमा घर भत्किँदा च्यापिएर महिलाको मृत्यु
प्रतिकात्मक तस्वीर

डोटीमा घर भत्किँदा एक  महिलाको मृत्यु भएको छ । गएराति घर भत्किँएर च्यापिँदा दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गए राति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो ।

प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोलीले राति नै उद्धारको प्रयास गरे पनि मलासीको शव आज बिहान मात्र निकाल्न सकेको प्रहरी निरीक्षक जोशीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्