२३ असार २०८३, मंगलबार

सरकार यसरी नै चलिरहे २०८४ मा कांग्रेसले जोसँग मिले पनि चुनाव जित्दैन : प्रदीप पौडेल

असार २३, २०८०
काठमाडौं
सरकार यसरी नै चलिरहे २०८४ मा कांग्रेसले जोसँग मिले पनि चुनाव जित्दैन : प्रदीप पौडेल
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहे २०८४ सालको चुनावमा जुनपार्टीसँग मिले पनि कांग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन् । 

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेससमेत सहभागी सरकारले राम्रो काम गरेर जनतालाई विश्वास दिनसके २०८४ सालमा कुनै पनि नयाँ पार्टीबाट कांग्रेस डराउनु नपर्ने बताए । 

सरकारमा अहिले भएको बेलामा जनताका लागि काम गर्न नसके कांग्रेस विजयी नहुने भन्दै मन्त्रीहरूलाई जनताका पक्षमा काम गर्न आग्रह गरे । ‘हामी जुन जुन सरकारमा छौँ, ती सुशासन र भ्रष्टाचारको विपक्षमा छन्, जनतालाई डेलिभर गर्न चाहन्छन् भन्ने म्यासेज दिनसक्यौँ भने २०८४ को चुनावमा कसैसँग मिल्नु पर्दैन, एक्लै चुनाव जितिन्छ,' उनले भने, 'तर, सरकार यसरी नै चलिरहने हो भने ८४ मा जो जोसँग मिले पनि हामीले चुनाव जित्न सक्दैनौँ ।’

नेता पौडेलले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टी र पार्टीका नेताबारे नराम्रो नलेख्न आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्