२१ जेठ २०८३, बिहीबार

संघीयताको जति ठूला कुरा गरे पनि देश काठमाडौंबाट चलेको छ : राजेन्द्र लिङ्देन

असार २३, २०८०
काठमाडौं
संघीयताको जति ठूला कुरा गरे पनि देश काठमाडौंबाट चलेको छ : राजेन्द्र लिङ्देन
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्णयको केन्द्र काठमाडौं भएको बताएका छन् । शनिवार राप्रपा सम्पर्क समाज समन्वय विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयतामा गए पनि काठमाडौंले गरेको निर्णय देशभर लागू हुने गरेको बताए । 

काठमाडौं केन्द्रित गरेर आन्दोलन गरे राजसंस्था पुनर्स्थापित र संघीयता खारेज हुनसक्ने उनले जिकिर गरे । 'संघीयताको जति ठूला कुरा गरे पनि देश काठमाडौंबाट चलेको छ । नेपालको निर्णयको केन्द्र भनेको काठमाडौं हो । काठमाडौंले जे निर्णय गर्छ त्यो नेपालभर लागू हुन्छ,' उनले भने, 'धेरै ठूलो संख्या पनि होइन काठमाडौंमा ५० हजार मात्रै मान्छे उभिएर राजसंस्थाको पक्ष र संघीयताविरुद्ध आन्दोलन गर्ने हो भने हामी हाम्रो मुद्दा स्थापित गर्न सक्छौं ।'

एक जिल्लाबाट एक हजार मान्छे काठमाडौंका सडकमा एक एक साता आउँदा सरकारले घुँडा टेक्ने जिकिर गरे । 'कुनै जिल्लाका धेरै होलान् कुनैमा कम । तर, उपत्यकाबाहिरका ७४ जिल्लाका कम्तीमा एक हजार त काठमाडौंमा होलान् विभिन्न पेशा व्यवसायमा,' उनले भने, '७४ जिल्लाका ७४ हजार मान्छे काम छोडेर राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र भन्दै एक साथ एक साता सडकमा आए यिनीहरूले घुँडा टेक्नु पर्छ कि पर्दैन ?'

salt training

कमेन्ट गर्नुहोस्