२२ जेठ २०८३, शुक्रबार

हेटौँडा बजारको सडक विस्तार नगर्न उपमहानगर प्रमुखलाई धम्की, अवरोध नपुर्‍याउन आग्रह

असार २३, २०८०
काठमाडौं
हेटौँडा बजारको सडक विस्तार नगर्न उपमहानगर प्रमुखलाई धम्की, अवरोध नपुर्‍याउन आग्रह

हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले सडक विस्तारमा अवरोध नपुर्‍याउन आग्रह गरेकी छिन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजारमा पर्ने सडक विस्तार गरेरै छाड्ने उनको भनाइ छ ।

बागमती प्रदेशको राजधानी रहेको हेटौँडामा बढ्दो सवारी चाप र साँघुरो सडकका कारण बजार व्यवस्थापनमा समस्या हुने गरेको उनले बताइन् । हाल सडकको दायाँ बायाँ २५ गज सडक विस्तार गर्न लागिएको छ । 

सर्वोच्च अदालतले सडक विस्तार गर्ने गरी फैसला गरेको भन्दै उपप्रमुख लामाले फैसला कार्यान्वयन हुने बताइन् । “सडक साँघुरो भएकाले दुर्घटना बढिरहेका छन्, ट्राफिक व्यवस्थापनमा पनि कठिनाइ भइरहेको छ”, उनले भनिन, “सडकका कारण हामीले गरेका राम्रा काम छायाँमा परेको अवस्था छ ।”

उनले सडक विस्तार नगर्न धम्की आएको बताउँदै सबैले सडक विस्तारका लागि सहयोग गर्न आग्रह गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्