१८ असार २०८३, बिहीबार
समाजवादी मोर्चाको पहिलो बैठक

समाजवादी मोर्चाको आगामी नीति र आचारसंहिता बनाउन कार्यदल गठन, नेतृत्वमा आलोपालो

असार २३, २०८०
काठमाडौं
समाजवादी मोर्चाको आगामी नीति र आचारसंहिता बनाउन कार्यदल गठन, नेतृत्वमा आलोपालो

समाजवादी मोर्चा नेपालले आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।

शनिवार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले एकीकृत समाजवादीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा रहेको कार्यदलका गठन गरेको हो ।

कार्यदलले मार्चाको आगामी नीति तथा कार्यक्रम, आचारसंहिता र बैठकको अध्यक्षताको मोडालिटी तयार गर्नेछ । 

तर मोर्चाको अध्यक्षता ६/६ महिनामा परिवर्तन गर्ने लगभग समझदारी भइसकेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

‘सामान्यतया यो मोर्चाको ६/६ महिनामा अध्यक्षता गर्ने । एक जना (दल) ले ६ महिना गर्ने, त्यसपछि अर्को नेताले गर्ने सरसल्लाह भएको छ । यो सबैको टुंगो आउँदो बैठकले गर्नेछ, लगभग समझदारी त्यही छ । समझदारी टुंगो नहुन्जेल माधव नेपालले नै अध्यक्षता गर्नुहुनेछ’ बैठकपछि पत्रकारहरूसँग उनले भने ।

मोर्चाको अर्को बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म माधव नेपालले बैठकको अध्यक्षता गर्ने उनले जानकारी दिए । 


यस्तै, मोर्चाले सातवटै प्रदेशका राजधानीमा यही साउन महिनाभित्रै कार्यक्रम गर्ने निर्णय गरेको छ । “साउन महिनाभित्र सातै प्रदेशमा आमसभा गर्ने र सोको मिति यही २७ गते अर्को बैठकले कुन प्रदेशमा कस्ता कार्यक्रम गर्ने भन्ने घोषणा गर्नेछ”, उनले भने।

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’लगायत चारै पार्टीका दोस्रो तहका नेताहरू सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्