
पर्सा प्रहरीले भन्सार छलेर चोरीपैठारी गरी ल्याएका सामानहरू बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गतका प्रहरी कार्यालयबाट खटिएका टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएका सामानहरू बरामद गरी आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त प्रहरी टोलीले अन्दाजी ६ लाख ९८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
बरामद गरिएको सामानमा काजु १९ डिब्बा, पाइन्ट रोल कपडा २८ थान, होल्डर ४३ प्याकेट रहेका छन् ।
वडा प्रहरी कार्यालय बिर्ता, प्रहरी चौकी ईनर्वा र अस्थायी प्रहरी पोष्ट ईनर्वागाँउका टोलीहरूले पुजा मिश्र १०० किलो, लेगीज सुरवाल ९ पिस, मोटरसाइकल पार्टसहरू, चिनी २५ किलो, लेडिज कुर्ता १६० पिस, चप्पल ३३ जोर, मिट मसाला १ बिरा, किरना पसलका समानहरू १ बोरा गरी अन्दाजी २ लाख ९९ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।