२८ जेठ २०८३, बिहीबार

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

असार २४, २०८०
चितवन
अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
फाइल फोटो

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । 
९ घण्टापछि आइतवार बिहानदेखि सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपराह्न ४ बजे सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । ३ एक्साभेटर र जेसीभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो । 

अहिले रोकिएका सवारीसाधन र यात्रुहरू गन्तव्यतर्फ लागेका ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गरेका छन् ।

यस सडकखण्डमा असार महिना लागेपछि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस सडक हुँदै दैनिक हजारौं सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्