काठमाडौँ, २७ भदौ- प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिन अमेरिका जाने भएका छन् । २४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी ३ असोजमा न्युयोर्क जाने देउवा राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर १२ असोजमा फर्कनेछन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्रीको टोलीमा न्युयोर्कस्थित नेपाली दूतावासबाट थप २१ सदस्य सहभागी हुनेछन् । प्रधानमन्त्री भ्रमण टोलीको नौ दिनका लागि चार करोड ५५ लाख ४१ हजार रुपैयाँ खर्च हुने भएको छ, नयाँ पत्रिकामा खबर छ ।
यस्तो छ खर्च विवरण
कुल भ्रमण खर्च : चार करोड ५५ लाख ४१ हजार ७ सय ४५ रुपैयाँ
-प्रधानमन्त्री र उनकी धर्मपत्नीका लागि न्युयोर्क पुगेर स्वदेश फर्कंदा फस्र्ट क्लासको हवाई खर्च : प्रतिव्यक्ति २० हजार ६ सय ५० अमेरिकी डलर
-न्युयोर्क पुगेर स्वदेश फर्कंदासम्म उपप्रधानमन्त्री, मन्त्री र भ्रमण दलका अन्य १५ सदस्यका लागि लाग्ने खर्च : ७४ हजार ४ सय ५० अमेरिकी डलर
-भ्रमण दलका थप चारजना सदस्यको काठमाडौं–न्युयोर्क–काठमाडौंका लागि १० हजार ८ सय अमेरिकी डलर
-नेपालबाट सीधै ओमन पुगेर काठमाडौं फर्कनेको हवाई भाडा ३ हजार ४ सय डलर
-प्रधानमन्त्रीसहित २४ सदस्यीय भ्रमण टोलीको काठमाडौं–न्युयोर्क–काठमाडौंको हवाई भाडा : एक लाख २९ हजार ९ सय ५० अमेरिकी डलर
खाना तथा पकेट खर्च
-प्रधानमन्त्रीको खाना, खाजा र पकेट खर्च प्रतिदिन : ३ सय डलर (नौ दिनमा २७ सय डलर)
-उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको खाना, खाजा र पकेट खर्च प्रतिदिन : २ सय डलर
-उपप्रधानमन्त्रीको निजी सचिवको खाना, खाजा र पकेट खर्च प्रतिदिन : १५० डलर
-भ्रमण टोलीका अन्य १८ जनाको खाना, खाजा र पकेट खर्च प्रतिव्यक्ति प्रतिदिन : १५० डलर
-संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संगठन तथा महाशाखा प्रमुखका लागि आठ दिनको खाना, खाजा र पकेट खर्च प्रतिव्यक्ति प्रतिदिन ः १५० डलर
– परराष्ट्रसचिव शंकरदास वैरागीको ११ दिनको खाना, खाजा र पकेट खर्च प्रतिदिन : १५० डलर
-न्युयोर्क जाँदा ट्रान्जिट अवधिमा प्रधानमन्त्री, उपप्रधानमन्त्री र अन्य सदस्यहरूको होटेल खर्च : ४५ सय डलर
– संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिले प्रधानमन्त्रीको सम्मानमा आयोजना गर्ने रात्रिभोज तथा सम्मान खर्च : एक लाख ३१ हजार पाँच सय डलर
अन्य खर्च
– संयुक्त राष्ट्रसंघ मुख्यालयमा प्रधानमन्त्रीको उपस्थितिमा हुने तेस्रो संविधान दिवस तथा स्वागत कार्यक्रम खर्च : २७ हजार डलर
– उपप्रधानमन्त्रीले आयोजना गर्ने सार्क सदस्य राष्ट्रहरूको परराष्ट्रमन्त्री बैठक खर्च : आठ हजार डलर
– प्रधानमन्त्रीबाट संयुक्त राष्ट्रसंघ मुख्यालय र अमेरिकी सरकारलाई दिने उपचार खर्च : दुई हजार डलर
-भ्रमण दलका सदस्यहरूका लागि भ्रमण बिमा गर्न लाग्ने खर्च : २५ सय ७५ डलर
– न्युयोर्कमा प्रधानमन्त्री सहभागी हुने भेटघाट, बैठक र अन्य खर्च : दुई हजार डलर ।
– मानवअधिकार परिषद्मा नेपालको उम्मेदवारीको समर्थन जुटाउन प्रचारप्रसारका लागि हुने खर्च : २५ हजार डलर
– भैपरी खर्च : चार हजार डलर ।
-नेपाली दूतावासले प्रधानमन्त्रीको स्वागत तथा रात्रिभोजका लागि गर्ने खर्च : ११ लाख रुपैयाँ
– भ्रमण दलमा संलग्न २१ सदस्यको होटेल खर्च : २० लाख रुपैयाँ
-प्रधानमन्त्री देउवाले नेपाली समुदायसँग गर्ने अन्तरक्रिया र भोजका लागि : २५ लाख रुपैयाँ ।
– भ्रमणका क्रममा खटिएका राजदूत तथा दूतावासका कर्मचारीको दैनिक भ्रमण भत्ता गरी जम्मा २ लाख रुपैयाँ ।
कुल भ्रमण खर्च : चार करोड ५५ लाख ४१ हजार ७ सय ४५ रुपैयाँ