
प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । संघीय संसद्का दुवै सदनमा प्रतिपक्षीको अवरोध जारी रहेका बेला आइतवार बिहान तीन दलका शीर्ष नेताहरूबीच सम्वाद भएको हो ।
सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो ।
आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले असार २० गतेदेखि संसद बैठक अबरुद्ध गरेको छ ।
अवरुद्ध प्रतिनिधि सभाको बैठक आइतवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।